
काठमाडौं । नेपाल टी २० लिग अन्तर्गत आजपनि समयमा टस हुन सकेको छैन । खेलाडीहरू समयमा मैदान प्रवेश नगरेपछि टस हुन नसकेको हो ।
आज लुम्बिनी अलस्टार्स र काठमाडौँ नाईट्सको खेल हुने तय भएको थियो । लुम्बिनीका खेलाडी समयमै आएपनि काठमाडौँका खेलाडी ढिला आएका हुन् ।
यसअघि हिजो पारिश्रमिकको विषयमा विवाद हुँदा टस हुन ढिलाइ भएको थियो ।












