Logo
Logo

‘स्पट फिक्सिङ’बारे छानविन गर्न पारस खड्काको माग


756
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी–२० लिगको ‘स्पट फिक्सिङ’को विषयमा छानबिन गर्न माग गरेका छन् ।

क्यानले नै आयोजना गरेको प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भइरहेको सुन्दा दुःख लागेको बताउँदै उनले तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपाली क्रिकेटले विभिन्न अध्याय, सङ्घर्ष र खुड्किलाहरू पर गर्दै राम्रो स्वरूप लिने क्रम जारी थियो । यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ ।’

पारसले थपे, ‘खेलाडीहरूको वर्षौ देखिको लगाव, खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वास र क्रिकेटसँग सम्बन्धित सबैलाई चोट पुर्‍याएको छ । यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस् ।’

काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा मंगलबार कमेन्टेटर सचिन तिमिल्सेना र काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले स्पट फिक्सिङको विषयमा कुरा उठाएका थिए ।

क्यानको आयोजनामा काठमाडौंमा जारी प्रतियोगितामा म्याच फिक्सिङका घटनाहरु बाहिर आएपछि कमेन्टेटर सचिनले त लिग नै छाडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्