Logo
Logo

गोंगबुबाट ८ महिलासहित ३० जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज ।
गोंगबु बसपार्क क्षेत्रमा हुने असमाजिक गतिविधिविरुद्ध प्रहरीले बिशेष अभियान चलाएको छ । जसअन्र्तगत बुधबार बेलुका ३० जना पक्राउ परेका छन् ।


२० पुरुष, ८  महिला र दुई जना तेस्रो लिङगीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए । सर्वसाधरणलाई अनाबश्यक दुःख दिने, यात्रुहरुलाई आफ्नो होटला जान भनेर तान्ने तथा वेश्यावृत्ति जस्ता गतिविधि रोक्न प्रहरीले गोंगबु क्षेत्रमा अभियान चलाएको छ ।
गत बिहीबार पनि प्रहरीले गोंगबु बसपार्क क्षेत्रबाट ५६ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्