Logo

को -को पत्रकारले पाए विभूषण ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज ।
संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मानपदवी, अलंकार र पदक दिने घोषणा गरेको छ । ६ सय भन्दा धेरै व्यक्तिलाई यस्तो विभूषण दिने निर्णय भएको छ ।


जसमा केही पत्रकारहरु समेत छन् । राजधानी दैनिकका प्रकाशन महेन्द्र शेरचनलाई उज्जवल कीर्तिमय राष्ट्रदीप दिने निर्णय भएको छ ।
त्यस्तै प्रबल जनसेवा श्री १७ जना पत्रकारले पाएका छन् । जसमा गगन बिष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, गोपाल गुरागाई, गोविन्द प्रसाद चौलागाई, टंक पन्त, नितु पण्डित, सूर्यबहादुर थापा क्षेत्री, हरि प्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाई, सुभाष खतिवडा, दिनेश पाण्डे, गोविन्द सिंह थापा, बलराम थापा, महेश दास र प्रसाद शर्मा छन् ।
जनसेवा श्री (पञ्चमी) पाउनेमा दुर्गा प्रसाद शर्मा, देवराज यादब, छेटु शेर्पा, सिद्धराज राई, बसन्त प्रताप सिंह, विष्णु लाल बुढा, श्याम सुन्दर यादब र माधव नेपाल छन् ।
अहिले घोषणा भएको विभूषण गणतन्त्र दिवसको अवसरमा जेठ १५ मा प्रदान गरिन्छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको छनोट समितिले सो छनोट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्