Logo
Logo

मार्सी



मार्सी-
घातक बिम्ब
सेलायो कसैले
बहिरहेको बागमतीमा

त्यो दिन-
गठेमङ्गलको भोलिपल्ट
झिसमिसे बिहानीमा

मार्सीको विम्बबाट जन्मे
असङ्ख्य प्रतिविम्बहरू
क्यान्सरको कोशजस्तो

हिजोको काल्पनिक गठेमङ्गल
विनाशको
आजको यथार्थ गठेमङ्गल
मार्सीको कायापलटमा सत्यानाशको
यसका असङ्ख्य प्रतिविम्बहरू वहिरेका छन्
क्यान्सरको कोशसरह
अस्थिपञ्जर बनेको स्वरूपभित्रञ

प्रतिक्रिया दिनुहोस्