Logo
Logo

‘अर्को देशको नागरिकता लिँदा नेपालको रद्द हुने होइन, कायम नरहने हो’


6.7k
Shares

 काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताका विषयमा परेको रिटमा शुक्रबार दुवै पक्षको बहस सकिएको छ । 

गृहमन्त्री लामिछानेका पक्षबाट जवाफ बहस गरेका वरिष्ठ अधिवक्ता सुनीकुमार पोखरेलले अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता रद्द हुने नभई कायम नरहने जिकिर गरे ।
 
‘नेपालको नागरिकता ऐनअनुसार अर्को राष्ट्रको नागकिरता लिए पनि नेपालको नागरिकता रद्द हुने होइन, कायम नरहने मात्र हो’, पोखरेलले भने, ‘अमेरिकी नागरिकता २०७५ साल असार ३ गते त्याग गरी त्यसको सूचना अध्यागमन विभागमार्फत गृह मन्त्रालयमा बुझाएकाले त्यसपछि उनको नागरिकता कायम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्