
१, सरकारको न्यूनतम साझा कार्यक्रम तयार, न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदामा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषय अनुसन्धान गरी कारबाही गर्ने उल्लेख, एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने, स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउन ।

२, प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने, नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने, प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गर्ने ।

३, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार, अदालतको आदेशसँगै गृहमन्त्री लामिछानेको सांसद पद यथावत, लामिछानेको नागरिकता सम्बन्धी सबै कागजात सात दिनभित्र झिकाउन आदेश ।

४, विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मत दिने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको भनाइ, व्यक्तिगत रूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति सकारात्मक रहेको धारणा, नेपालले एमालेसँग एकता गर्ने विषयमा प्रस्ताव नआएको जानकारी ।

५, अप्रत्यासित रुपमा प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस पुनः सत्तारोहणको प्रयासमा जुट्यो, सभापति शेरबहादुर देउवा वर्तमान सत्ता गठबन्धन भत्काउने खेलमा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन नजिकिएसँगै देउवाले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुसँग छलफल बढाए, राप्रपासँग नयाँ सत्ता समीकरणको प्रयास ।

६, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाइ, सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास, राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार केन्द्रित हुने ।

७, राष्ट्रिय सहमतिको सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउँदा स्थिर सरकार हुने भनाइ, खुट्टा तानातानमा समय खेर फाल्नु सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउँदा उत्तम हुने, परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न नसक्ने टिप्पणी ।

८, इन्धनमा कालोबजारी गरेको भन्दै नेपाल आयल निगमका सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चद्वारा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी, निगमका प्रवन्ध निर्देशक तथा सञ्चालक समितिका सदस्य उमेश थानी समेतका सञ्चालकविरुद्ध जाहेरी दर्ता, इन्धनमा २० प्रतिशतभन्दा बढी नाफा राखेर कालोबजारी गरेको आरोप ।

९, पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले हरायो, लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा र जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल ।

१०, युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रुसद्वारा पहिलो पटक क्षणिक युद्धविरामको घोषणा, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनद्वारा शुक्रबारदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा, रुसले आफ्ना सैनिकलाई ब्यवस्थित गरी अगाडि बढाउन समय खोजेको भन्दै युक्रेनद्वारा युद्धविराम ।













