Logo
Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनेबारे तयारी गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

बैठक अहिले बिहान ११:२० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रको सचिवालयले जनाएको छ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । उनी एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्