Logo
Logo

युभेन्टस दोस्रो स्थानमा



काठमाडौं । युभेन्टस इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा युडिनेसलाई १-० ले हराउँदै युभेन्टस दोस्रो स्थानमा उक्लिएको हो ।

खेलको ८६औं मिनेटमा डानिलोले विजयीगोल गरेका थिए । जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो ।

यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ । पछिल्लो खेलमा शीर्ष स्थानको नेपोलीलाई १-० ले निराश पारेको इन्टर शनिबार भने मोन्जासँग २-२ को बराबरीमा रोकियो ।

इन्टर १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानको नेपोलीको १६ खेलमा ४१ अंक छ । तेस्रो स्थानको एसी मिलानको १६ खेलमा ३६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्