Logo
Logo

चीनद्वारा अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट आजदेखि खुला



काठमाडौं । चीनले झण्डै ३२ महिनापछि अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट आजदेखि खुला गरेको छ । चीनले कोरोना महामारीसँगै लकडाउनका कारण ०७६ चैत महिनादेखि चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोपलगायतका मुलुक छिर्ने हवाई ट्रान्जिट रोकेको थियो । चीनले आइतबार सूचना जारी गर्दै आजदेखि अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट खुला गरेको जनाएको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्टहरुलाई पठाएको छ ।

चीनको उक्त निर्णयसँगै मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने भएको छ । एयर चाइनाको प्रधान कार्यालयले जारी गरेको सूचनामा अब त्यहाँ क्यारेन्टाइन बस्नुपर्ने नियम लगायतका अन्य कोभिड प्रोटोकल नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्