Logo
Logo

निर्मलाका लागि लाल्टिन बालेर न्याय खोज्दै सडकमा अधिकारकर्मी


567
Shares

काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता बनाइएको घटना छानबिन गर्न सरकारले चासो नदेखाएको भन्दै अधिकारकर्मीहरू तेस्रो चरणमा आन्दोलनमा उत्रिएका छन् ।

अपहरण तथा शरीर बन्धक बनाइ हत्या गरिएकी कुर्मीको न्यायका लागि अधिकारकर्मीहरुले आन्दालन गर्दै आएका हुन् । उनीहरु आइतबार माइतीघर मण्डलमा लालटिन बालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

न्यायिक आन्दोलन गर्न जम्मा भएका अधिकारकर्मीलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले सरकारले अपराधीलाई सजाय दिने विषयमा सम्झौता गरेर पनि व्यवहारमा सधैं पुरस्कृत गर्ने हुँदा घरेलु हिंसाका पीडित महिलाले न्याय नपाएको बताए ।

यसअघि यो मुद्दाको छानबिन हुने भएपछि रूबीको टोलीले काठमाडौंमा पछिल्लो पटक आन्दोलन स्थगित गरेको थियो । छानबिन समितिले गरेको छानबिनमा बादशाह कुर्मी नै मुख्य दोषी भएको र उनले नै निर्मला कुर्मीको सम्पत्ति हिनामिना गरेको निष्कर्ष आएको थियो । तर, प्रहरीले घटनाका मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन । बादशा कांग्रेसका नेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्