Logo
Logo

टी-२० लिगमा फिक्सिङ भएको प्रारम्भीक निष्कर्ष, तीन नेपाली खेलाडीको भविष्य संकटमा


4.9k
Shares

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले प्रारम्भीक निकर्ष निकालेको छ ।

लिगमा बेटिङ र स्पट फिक्सिङको आशंका गरिएपछि सीआइबीले अुसन्धान गरेको थियो । सीआइबीको प्रारम्भिक अनुसन्धानमा खेलाडीहरू स्पट फिक्सिङमा लागेको देखिएको सीआइबी स्रोतले बताएका छ ।

स्रोताका अनुसार स्पट फिक्सिङमा ३ नेपाली र कम्तीमा चार जना विदेशी खेलाडी संलग्न रहेको सीआइबीको प्रारम्भीक निष्कर्ष रहेको छ ।

सीआएबीको अनुसन्धना पुष्टि भएको खण्डमा फिक्सिङमा संलग्न खेलाडि जेल जाने छन् । यसअघि फुटबल खेलमा फिक्सिङ गरेको आरोपमा तत्कालीन क्याप्टेन लगायत जेल परेका थिए । 

प्रतिक्रिया दिनुहोस्