Logo
Logo

समृद्धि प्राप्त गर्नु साझा लक्ष्य हो : देउवा


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधिसभाबाट जनताले अपेक्षा गरेअनुसार काम गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा गरेको समेत बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा राखेका छन् । समृद्धि प्राप्त गर्नु साझा लक्ष्य हो । त्यही अनुसार यो प्रतिनिधिसभाबाट काम हुनेछ ।’

देउवाले संविधान रक्षा र संविधानको भावनाअनुसार अगाडि बढ्नुपर्ने पनि बताए । सभापति देउवाले कांग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकोले जनतालाई धन्यबाद दिँदै उनले भने, ‘जनताका अपेक्षा र साथीहरूका भावनाअनुसार कांग्रेसले काम गर्नेछ । कांग्रेसले रचनात्मक भूमिका खेल्छ ।’

प्रतिक्रिया दिनुहोस्