Logo
Logo

नयाँ पार्टी उदय हुनुका कारण परिवर्तनको अपेक्षा : ओली


882
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीको उदय हुनुको मुख्य कारण परिवर्तनको अपेक्षा भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले केही परिवर्तन र विकासको चाहना राखेकाले नयाँ पार्टीको उदय भएको बताए । 

उनले भने, ‘पार्टी खोल्दैमा निर्वाचन जित्ने भन्ने होइन । धेरैले पार्टीले खोले । यसरी कसैले पनि निर्वाचन जित्न सकेनन् । तर पछिल्लो समय नयाँ युवाले उन्नति गर्ने ट्रेन देखिएको छ । यो ट्रेन परिवर्तनको हो । ‘

व्यक्तिको मान सम्मानको लागि सरकार गठन नभई जनताको देशमा उन्नति गर्नको लागि सरकार गठन गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्