काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पार्न नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेले यसअघि भएका भ्रष्टाचारका घटनाको छानबिनमा पनि संसद् क्रियाशील हुनुपर्ने उनले बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला’ उनले भने ।
विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै गृहमन्त्री लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए । ‘मुलुक र मुलुकवासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौं’ उनले भने, ‘हाम्रो सांसदहरूको सांसदका कारण शिर झुकाउनपर्ने छैन ।












