Logo
Logo
न्यूनतम साझा कार्यक्रम

६ महिनाभित्र नागरिकता समस्या समाधान


378
Shares

काठमाडौं । सरकारले ६ महिनाभित्र नागरिकताको समस्या समाधान गर्ने दाबी गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार सिंहदबारमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै नेपाली नागरिक नागरिकता पाउने अधिकारबाट वञ्चित नहोऊन् भनी ६ महिनाभित्र समस्या अन्त्य गर्ने नागरिकता विधेयक ल्याउने बताए ।

स्थायित्व र राजनीतिक दलका घोषणापत्रलाई प्राथमिकता दिने कार्यक्रममा उल्लेख भएको पौडेलले बताए।

त्यस्तै, सुशासन र प्रभावकारी शासनका लागि वाधा गरेका कानुनको पुनर्संरचना गर्न प्रभावकारी अनुगमन गर्ने र त्यसका लागि उच्चस्तरीय आयोग बनाउने कार्यक्रममा उल्लेख छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीलगायतका नेता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्