Logo
Logo

लागूऔषध मुद्दामा चलखेल गर्ने इन्सपेक्टर कारबाहीमा


1.9k
Shares


काठमाडौं । लागुऔषध मुद्दामा आर्थिक चलखेल गर्ने इन्सपेक्टर कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय, केशेरगञ्ज सर्लाहीका इन्सपेक्टर रोशन थापा कारबाहीमा परेका हुन् ।


लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ । साथै, इप्रकाबाट समेत हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


उनले सुरुमा पक्राउ परेका व्यक्तिलाई छाडेका थिए भने भने पछि घटना बाहिरिएपछि अर्का व्यक्तिलाई सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्