Logo
Logo

बागमतीको मन्त्रालय घटाउन कार्यदल गठन


1.1k
Shares

काठमाडौं । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले पदभार ग्रहणसँगै मंगलबार बिहान मन्त्रालय घटाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलले १५ दिनभित्र प्रदिवेदन पेश गर्ने छ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै जम्कट्टेलले आम जनगुनासोलाई संवोधन गर्दै प्रदेशमा मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरिएको बताए। यसैअनुरुप पहिलो कामको रुपमा सबैको गुनासोको रुपमा रहँदै आएको मन्त्रालयको संख्या घटाउने निर्णय गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्