Logo
Logo

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीकाे आज (मंगलबार) बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि प्रतिपक्षमा बसेर भुमिका निर्वाह गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेता महेन्द्र यादवले बताए । बिहान देउवानिवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । पदाधिकारीबीच कुरा बाझिएपछि कार्यसम्पादन समितिको बैठक डाकिएको थियो ।

यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्