
काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताएका हुन् ।
राजमोका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद केसीले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले सत्ताका लागि गठबन्धन फेरबदल भइरहेको बताएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।
सत्ता साझेदार ७ दलसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।












