Logo
Logo

गगन र विश्वप्रकाशले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने पार्टीको निर्णयप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएका छन् ।

महामन्त्रीद्वय थापा र शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले पार्टीको निर्णयमा लिखित असहमति जनाएका हुन् ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । सोही अनुसार कार्यसम्पादन समितिले विश्वासको मत दिने निर्णय गरेको हो ।

निर्वाचनमार्फत सरकारको नेतत्वका लागि जनमत प्राप्त भए पछि पछिल्लो राजनीतिक समीकरणका कारण उत्पन्न परिस्थितिले कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने उनीहरुको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्