Logo
Logo

सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित विश्वासको मत दिनुहोस्- प्रधानमन्त्री


819
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् ।

उनले आफुलाई विश्वासको मत दिन सबै दलका सांसदलाई आग्रह गरेका छन् । उनले भने– ‘सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित विश्वासको मत दिनुहोस् ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड पुस १० गते सात दलका १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत दिनुपर्ने व्यवस्था रहेको छ ।

प्रचण्ड नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री दाहालले सिङ्गो प्रतिनिधिसभाको समर्थन आफूले पाउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् ।

त्यस्तै नेपाली कांग्रेसका एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्