Logo
Logo

प्रतिपक्षी दलले सरकारलाई समर्थन गरेर नयाँ भाष्य बनायो- ओली


4.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई सर्मथन गरेर संसदीय अभ्यासमा नयाँ भाष्य बनाएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा विश्वासको मत मागेपछि जारी छलफलमा बोल्दै अध्यक्ष ओलीले प्रतिपक्षी भूमिकामा रहेको कांग्रेसले पनि सकारलाई विश्वासको मत दिएर नयाँ भाष्य बनाएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भने– ‘प्रतिपक्षी दलका नेताज्यूले डेमोक्रेसीको एउटा नयाँ भाष्य स्थापित गर्नु भएको छ । यस विषयमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला यसबारे । नयाँ इन्टरपेटेसन होला ।’

अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई सरकारलाई समर्थन गरेको भन्दै धन्यवादसमेत दिएका छन् । ओलीले भने– ‘सभाध्यक्षमार्फत प्रतिपक्षका नेताज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु । उहाँले सरकारको समर्थन गर्नु भएको छ । कांग्रेसले प्रतिपक्षको नभएर सहकार्यका हैसियत राखेको छ । यो खुशीको कुरा हो ।’

अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा आशंका समेत गरेका छन् । कुनै गलत मनाशयका साथ कांग्रेसले समर्थन गरेको भए त्यो सफल नहुने ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्