काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् ।

पार्टी कार्यसम्पादन समितिको बैठकले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर, सो निर्णयमा केही नेताहरुले लिखित फरकमत राखेका थिए ।
ह्वीप लगाइएकाले अब उनीहरूले प्रधानमन्त्री प्रचण्डले संसदमा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने हुन्छ । ह्वीप उल्लंघन गरे पार्टीबाट निष्कासित मात्र होइन, सांसद पदसमेत जान सक्ने हुन्छ ।












