Logo
Logo

अप्ठ्यारोमा अवस्थामा प्रधानमन्त्री तर अकल्पनीय विश्वास


7.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् ।

पुस १० गते एमालेसहित ७ दलको १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज (मंगलबार) संसद्मा विश्वासको मत लिएका हुन् ।

प्रतिनिधि सभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा २६८ सांसदले मत दिए । त्यस्तै, विपक्षमा २ सांसदले मत दिए ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

प्रतिपक्षीमा रहेका कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् ।

जनमोर्चा र नेमकिपाले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएनन् । मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । उनी भने विश्वासको मतदानमा सहभागी हुन पाएनन् ।

प्रतिक्रिया दिनुहोस्