काठमाडौं । सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने भएको छ । प्रतिनिधि सभाका सभाध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले माघ ५ गते बिहीबार सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् ।

उनले संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई माघ ३ गते निर्वाचनको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएका छन् ।
पुस १० गते एमालेसहित ७ दलको १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज (मंगलबार) संसद्मा विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।












