Logo
Logo

प्रहरी पक्राउ गर्ने, अदालत छाड्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज । नाइजेरियाबाट इस्तानबुल (टर्की)को हवाईमार्ग हुँदै नेपालबाट वन्यजन्तु भारत पैठारी गर्न लागिएको अवस्थामा नेपाल प्रहरीको सीआईबीको टोलीले २ बर्षअघि २०७४ असोज ३१ गते काठमाडौँबाट ६ जनालाई पक्राउ गरेको थियो । सीआइबीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौँ–३ स्थित बाँसबारी सल्लाघारीमा रहेको संजीव भारीको घरमा लुकाई राखिएको जिवित चराचुङ्गीको साथमा पक्राउ गरेको थियो । सीआइबीले बरामद लोपोन्मुख वन्यजन्तु बाँदर र चिम्पान्जीसहित ६ जना पक्राउ परेका नेपाली र भारतीय नागरिकलाई वन कार्यालय काठमाडौंलाई बुझायो । वन कार्यालयले २०७४ असोज १६ मा जिल्ला अदालत काठमाडौंमा संगठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान थालेको छ । तर, अदालतले संगठित अपराधको दाबी पुग्न नसक्ने ठहर गरी सजाय गरेको छ । मुख्य दोषी संजीव भारीलाई मतियार बनाएर उन्मुक्ति दिएको छ ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय ब्यापार नियन्त्रण ऐन, २०७३ अनुसार हुनुपर्ने संजाय समेत नगरी मतियारका रुपमा उनलाई उन्मुक्ति दिएपछि न्यायालयमा हुने चलखेललाई पुष्टी गरेको छ । भन्सार एजेन्ट राजकुमार तिवारीसँगको सेटिङमा १३ भन्सारका कर्मचारीले पनि उन्मुक्ति पाएका छन् । भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर संजीव भारीसहितले चराचुरुंगी आयात गर्ने अनुमतिपत्रका आधारमा नाइजेरियाबाट चिम्पान्जी र बाँदर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भित्र्याएका थिए ।

विमानस्थलबाट बरामद भएका चिम्पान्जी र बाँदरहरु दुर्लभ वन्यजन्तु साइटीस महासन्धिको अनुसूची १ मा सूचीकृत देखिएको कुरा अदालतले नै स्वीकार गरेको छ । तर, जसको घरबाट बरामद भयो, जसको इजाजपत्रका आधारमा ती वन्यजन्तु आयात गरियो, उसलाई भने मतियारमात्र बनाएर अति कम संजाय हुनेगरी उन्मुक्ति दिएको छ । जिल्ला अदालत काठमाडौंले वन्यजन्तु कारोबार गर्ने अनुमतिपत्र लिएका र घरमै राख्ने संजीव भारीलाई मतियारको भूमिका मात्र निर्वाह गरेको भनी अति कम संजाय हुने आदेश २०७६ भदौ १७ मा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्