Logo
Logo

विश्वासको मत पाएपछि प्रधानमन्त्रीले भने- ठूलो जिम्मेवारी थपियो 


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमा ठूलो जिम्मेवारी थपिएको बताएका छन् । 

आज (मंगलबार) विश्वासको मत पाएपछि संसद् भावन बाहिर सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै आफूमा ठूलो जिम्मेवारी र चुनौती थपिएको बताएका हुन् ।

उनले भने- ‘मलाई निकै हर्ष र गर्वको अनुभूति भएको छ । साथसाथै निकै ठूलो जिम्मेवारी र चुनौती थपिएको पनि मैले महसुस गरको छु । यो अपार विश्वास सदनबाट मलाई प्राप्त भएको छ । यो एउटा जिम्मेवारीको कुरा हो । यो एउटा चुनौतीको कुरा पनि हो ।’

उनले आफ्नो प्रतिबद्धता पूरा गर्ने ठूलो उर्जा मिलेको पनि बताएका छन् । उनले भने, ‘मैले ले प्रतिबद्धता गरको छु त्यो प्रतिबद्धता पूरा गर्ने एउटा ठूलो उर्जा पनि यसले मिलेको छ । 

पुस १० गते एमालेसहित ७ दलको १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज संसद्मा २ सय ६८ मत पाएका थिए । उनको विपक्षमा दुई मत मात्रै खसेको थियो । 

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई प्रतिपक्षीमा रहेका कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि विश्वासको मत दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्