Logo
Logo

कांग्रेससँग कुनै सहमति भएको छैन : प्रधानमन्त्री


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले संसद्वाटा अपार विश्वास पाएको बताएका छन् ।

विश्वासको मत पाइसकेपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आफूले विश्वासको मतलाई तलमाथि हुन नदिने बताए । उनले भने, ‘निकै गौरव महसुस भएको छ । जिम्मेवारी थप भएको छ । प्रतिबद्धता अनुसार काम गर्छु ।’

साथै उनले कांग्रेससँग कुनै विशेष सहमति नभएको पनि बताएका छन् । नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको बदलामा कांग्रेसलाई केही दिने सहमति नभएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्