Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटबार्ता


2k
Shares

काठमाडैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज असधकारीबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री अधिकारीले आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट तथा छलफल गरेका हुन् ।भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका नेता अधिकारीले पुस २९ गते प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । एमालेका नेता अधिकारी नेकपा एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्