Logo
Logo

सीके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


945
Shares

काठमाडौं । जनमत पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ ।

पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले आज (बुधबार) अध्यक्ष राउतलाई भेटेका हुन् । नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेका छन् ।

पुस १० गते गठन भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकारमा ६ जना सांसदसहित राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी छ ।

प्रतिक्रिया दिनुहोस्