Logo
Logo

गृहमन्त्रीलाई प्रश्न- फरार सांसद संसद्मै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन ?


3.3k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले फौजदारी मुद्दाका आरोपी सांसदलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् । 

आज राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।

पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसद्मै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्रीले भने, ‘मैले देखिन । पछि सञ्चार माध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’

सांसद महतो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा प्रतिनिधिसभा बैठकमा सहभागी भइ प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस्