Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

सातै प्रदेशमा नयाँ सरकारदेखि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्यसम्म


1k
Shares

१, आज (बुधबार) चार मुख्यमन्त्रीहरू नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री, प्रदेश–१ मा हिक्मत कार्की, मधेश प्रदेशमा सरोजकुमार यादव, बागमती प्रदेशमा शालिकराम जमकट्टेल, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरी, कर्णाली प्रदेशमा राजकुमार शर्मा र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल बने मुख्यमन्त्री ।


२, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल, विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु, सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा औपचारिक छलफल हुन बाँकी ।


३, सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको प्रधानमन्त्री प्रचण्डको भनाइ, अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्ने दाबी, सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने अभिव्यक्ति ।


४, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख, प्रधानमन्त्रीले जनचाहनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको अभिव्यक्ति ।


५, चिनियाँ टोलीले रसुवा पुगेर थाल्यो केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन, चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्दै विस्तृत परियोजनाको अध्ययन सुरु, चिनियाँ प्राविधिक टोलीले साढे ३ वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरेर बुझाउने ।


६, नेपाली कांग्रेसका सरकारमा सहभागी नहुने वरिष्ठ नेता रामचन्द्र पौडेको भनाइ, पाँच वर्षभित्र देशमा धेरै ठूलो विकासमा फड्को मार्ने गरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न कांग्रेसले विश्वासको मत दिएको भनाइ, साँच्ची नै एकताबद्ध गरेर राष्ट्रको निर्माण गनुपर्ने अभिक्यक्ति ।


७, अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने, नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल, चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक ।

८, यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण, नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने, सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने, सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने प्रक्षेपण ।


९, पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई, आज भएको फाइनल खेलमा विराटनगर सुपर किंग्स २४ रनले पराजित, लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनायो, उपाधिसहित लुम्बिनीले ५५ लाख रुपैयाँ पायो, उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख रुपैयाँ पायो ।


१०, पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या, पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिए, गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाए ।

प्रतिक्रिया दिनुहोस्