Logo
Logo

मेसीको गोलमा पिएसजी विजयी



काठमाडौं । कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २-० ले पराजित गरेको छ ।

बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिकेले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए । एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो ।

खेलमा अर्का स्टार नेयमारले तेस्रो गोल गरेका थिए । तर, सो गोल अफसाइट भयो । विश्वकप उपाधि जितेपछि मेसीले पिएसजीबाट पहिलो खेल खेलका थिए । जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएका छ ।

पीएसजीले १८ खेलमा ४७ अंक जोडेको छ । एन्जर्स आठ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्