काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बस्दैछ । पार्टी सभापति शेरबहादुर देउपाले अहिले २ बजे बस्ने गरी देउवा निवास धुम्बाराहीमा बैठक बोलाएका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको सांगठनिक शुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ । विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशलगायतका ५ नेता असन्तुष्ट छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षको भूमिका समेत कांग्रेसले गुमाएको भन्दै पार्टीचित्र आलोचना भइरहेको छ । पदाधिकारी बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।












