Logo
Logo

आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता हुने


6.5k
Shares

काठमाडौं । आम जनता पार्टी र नेकपा माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ ।

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुने भएको हो । नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

यादवका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसंग एकताको अभियानमा आजपा लागेको हो ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै पार्टी गठन गरेका थिए । आम जनता पार्टी गठन भएलगत्तै पार्टी प्रवेशको लहर चलेको छ ।

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवान लगायत सयौ नेता आम जनता पार्टीमा प्रवेश गरेला थिए ।

पूर्व शहरी विकास राज्यमन्त्री एवम् काठमाडौ क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आवद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्