Logo
Logo

बागमतीमा सभामुखको निर्वाचन- राप्रपाका पाठक निर्वाचित हुँदै


1.6k
Shares

काठमाडौं । बागमती प्रदेशको सभामुख चयनका लागि आज दिउँसो निर्वाचन हुँदैछ ।

आज ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने र उक्त बैठकमा मत विभाजन हुने बागमती प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने छन् ।

सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाका सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १३ जना सांसद छन् भने पाठकलाई सत्ता गठबन्धनबाट एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन हुने देखिन्छ ।

यहाँ कांग्रेसका ३७ जना सांसद छन् । कांग्रेसका अधिकारीको पक्षमा ३७ जना सांसद हुने देखिएको छ । यता नेमकिपाकी सयजुको पक्षमा ३ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्