Logo
Logo

घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश


4.4k
Shares

काठमाडौं । वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गरका छन् ।

आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी प्रवेश गर्ने घोषणा गरेका भुसाल पार्टी कार्यालय पुगेर प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव वेदुराम भुसाल लगायतका नेता-कार्यकर्ताले उनलाई स्वागत गरका छन् ।

तत्कालीन नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले मंसिरको निर्वाचनमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए । रूपन्देही–१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भएका थिए ।

माधवकुमार नेपाल पक्षले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्दा नेपाल निकट मानिएका १० नेताहरू १० बुँदे सम्झौता गरी एमालेमै बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्