Logo
Logo

घनश्यामलाई स्वागत गर्दै माधवले भने- नयाँ आशा जागेको छ 


882
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमान्दार कम्युनिष्टलाई एकता गरेर अघि बढ्ने बताएका छन् । 

आज (शुक्रबार) वामपन्थी नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर जाने बताए ।  त्यस्तै उनले नयाँ आशा जागेको पनि बताए । 

पुरानै विचारले पार्टी चल्ने भन्दै अध्यक्ष नेपालले भने- ‘पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर जानेछौँ  । इमान्दार कम्युनिष्टलाई एकताबद्ध गरेर अघि बढ्नेछौँ । नयाँ आशा जागेको छ ।’

कम्युनिष्ट आन्दोलन व्यापक बनाउने र इमान्दार कम्युनिष्टहरुलाई एकताबद्ध गरेर लाने आफूहरुको संकल्प रहेको अध्यक्ष नेपालले बताए । पुरानै विचारले पार्टी नबन्ने उनको ठहर थियो ।

उनले भने, ‘उही विचार रहेसम्म पार्टी बन्दैन,  यो नयाँ सुरुवात हो । कम्युनिष्ट आन्दोलनलाई व्यापक बनाउनुपर्छ । अब पुरानै रबैयाले चल्दैन । पुरानो कुराको समीक्षा गरेर अघि बढ्नुपर्छ । हामीभित्र रहेका बिकारहरुको खोजी गर्नुपर्छ ।’ 
 

प्रतिक्रिया दिनुहोस्