Logo
Logo

राष्ट्रपतिसमक्ष चिनियाँ राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश


567
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सोङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्