
काठमाडौं । पोखरामा यति यएरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि गएको ‘एएनसी एटीआर ७२’ विमान अवतरणका क्रममा पोखराको सेती किनारमा दुर्घटनाग्रस्त भएको हो ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमान क्याप्टेन कमल केसीले उडाएका थिए । साे विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेकाे उनले बताए ।
अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।











