Logo
Logo

दुर्घटनाग्रस्त जहाजमा १० विदेशी नागरिक सवार थिए


1.1k
Shares

काठमाडौं । यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा १० जना विदेशी नागरिक सवार रहेको बताइएको छ ।

आज आइतबार बिहान साँढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको एन–एएनसी एटीआर ७२ पोखरा विमानस्थल पुग्न २ किमी बांकी रहदा जहाज दुर्घटनाग्रस्त भएको थियो ।

यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार उक्त विमानमा चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।

कास्कीका प्रमुख जिल्ला टेकबहादुर अधिकारी केसीले दिएको जानकारीअनुसार घटनास्थलमा अनेपाल प्रहरी नेपाली सेना र स्थानियको सहायतामा उद्धार जारी रहेको छ । अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्