
काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकबहादुर अधिकारीले ३५ जनाको शव फेला पारिएको बताए । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज आज बिहान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिएको जानकारीअनुसार विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।
दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये १० जना विदेशी नागरिक थिए ।











