Logo
Logo

दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलमा


756
Shares

काठमाडौं । प्रधनामन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि गएको यती एयरलाइन्सको एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री ‘प्रचण्ड’ विमानस्थल पुगेका हुन् ।

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिएका छन् । सो क्रममा कर्मचारीहरुले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्न निर्देशन दिएका छन् ।निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारीहरू पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्