Logo
Logo

विमान दुर्घटना अपडेट : ३६ जनाको शव निकालियो


819
Shares

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ३६ जनाको शव निकालिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सेती नदीको खोँचबाट शव निकाल्ने क्रम चलिरहेको छ । अहिलेसम्म ३६ जनाको शव निकालिएको उनले जानकारी दिए ।

उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेका छन् । उनले जिवित उद्धार गर्न सकिन्छ कि भनेर उद्दारको प्रयास भइरहेको बताए । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्