Logo
Logo

विमान दुर्घटनाप्रति माधव नेपालद्धारा दु:ख व्यक्त


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पोखरामा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

काठमाडौँबाट पोखराका लागि ६८ यात्रु बोकेर गएको यती एयरलाइन्सको एटीआर–७२ जहाज आज बिहान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

अध्यक्ष नेपालले सामाजिक सञ्जालमा भनेका छन्, ‘साह्रै दुःखद घटना ! चालक दल सहित ७२ जना सवार यति एयरको विमान सेति खोँच पोखरामा दुर्घटना ग्रस्त । ठुलो क्षति ! स्तब्ध बनायो ! मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली। शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्