Logo
Logo

दुर्घटनाग्रस्त जहाजमा सवारमध्ये १५ जना विदेशी, ४१ महिला र २७ पुरूष


1.3k
Shares

काठमाडौं । पोखरामा आज बिहान भएको विमान दुर्घटनामा सवार ७२ जना यात्रु मध्ये १५ जना विदेशी नागरिक रहेको पुष्टि भएको छ ।

आज (आइतबार) बिहान १०:३३ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ । जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १र१ जना रहेका छन् । जसमा ४१ जना महिला र २७ पुरूष छन्।

जहाज पाइलट कमल केसीले उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस्