काठमाडौं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । सीआईबीको अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्न देखिएको छ ।

सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी स्पट फिक्सिङमा नेपाली ४ जनाको संलग्नता रहेको बताएको छ । यस्तै, ६ जना विदेशीको संलग्नता रहेको देखिएको जनाएको छ।
स्पट फिक्सिङमा संलग्न नेपालीमध्ये १ जना खेलाी छन् । ३ जना अन्य व्यक्ति रहेका सीआईबीले जनाएको छ। यस्तै, ६ जना विदेशीमध्ये १ जना खेलाडी, ४ जना व्यवस्थापक र १ जना बाहिरी व्यक्ति संलग्न रहेको जनाइएको छ।
सीआईबीको अनुसार काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको छ ।
फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन् ।
दुबैलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ ।