Logo
Logo

ओलीको जन्मदिनमा ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर आयोजना गर्ने राष्ट्रिय स्तरको नकआउट फुटबल प्रतियोगिताको खेल तालिकामा केपी ओली कप पनि समावेश गरिएको हो ।

एन्फाले देशभर सञ्चालन हुने ११ वटा गोल्डकपको खेल तालिका मंगलबार सार्वजनिक गरेको थियो । सार्वजनिक तालिका अनुसार ‘केपी ओली कप’ काठमाडौंमा फागुन ११ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । ओलीको जन्मदिनमा सुरु हुने प्रतियोगिता ५ दिन सम्म सञ्जालन हुनेछ ।

आगामी फागुन ११ गते ओली ७० वर्ष पूरा हुँदैछन् । एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्