Logo
Logo

निगमको चेतावनी- बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ



काठमाडौं । नेपाल आयल निगमले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न बिक्रेताहरूलाई निर्देशन दिएको छ ।बुधबार एक विज्ञप्तिमार्फत निगमले सवारी साधनमा सिँधै राख्नेबाहे खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न भनेको हो ।

निगमले बोतल, जर्किनसहितका भाँडामा पेट्रोलियम पदार्थ बिक्री विरतण गरेको पाइए कारबाही हुने चेतावनीसमेत दिएको छ ।

मंगलबार संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेपछि निगमले खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।

मंसिर १८ गते बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेका थिए । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए ।

यस्ता घटना बढिरहेका बेला निगमले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्